प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल आइडल सिजन-५ विजेता करण परियारलाई गितार उपहार प्रदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई गीतार उपहार प्रदान गरि उनको सांगीतिक जीवनको उत्तरोतर प्रगतिको कामना गर्नु्भएको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई गितार उपहार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले करण परियारको सांगीतिक क्षेत्रमा आफूले राम्रो सम्भावना देखेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।

नेपाल आइडल सिजन-५ का विजेता करण परियारले नेपाल आइडल सिजन-५ मा गरेको सांगीतिक प्रस्तुतीले धेरैको मन जित्न सफल भएका थिए । त्यहाँको उनको प्रस्तुतीकै कारण धेरैले सांगीतिक क्षेत्रमा उनको सुनौलो भविष्य देख्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *