भक्तपुर / नेपाल सरकारले निर्णय गरे बमोजिम आजदेखि शनिवार र आईतबार गरी हप्ताको २ दिन सार्वजनिक बिदा हुन थालेको छ तर भक्तपुर नगरपालिकाले भने आईतबार सार्वजनिक बिदा दिएको छैन । सो नगरपालिकाले अर्को निर्णय नहुञ्जेलसम्म भक्तपुर नगरपालिका भित्र सञ्चालन हुने सबै विद्यालय साविक बमोजिम सञ्चालन गर्न भनेको छ ।

यता संस्थागत विद्यालयहरुको छाता संगठन एन. प्याब्सनले पनि आईतबार सार्वजनिक बिदा दिदा कोर्श पूरा गर्न समस्या हुने भ एको ले आईतबार सार्वजनिक बिदा गर्ने नसकिने जनाएको छ ।