काठमाडौं/ आजबाट विद्यालयमा नयाँ शैक्षिक सत्र आरम्भ भएको छ । सार्वजनिक विद्यालयमा आजबाट शैक्षिक सत्र आरम्भ भएपनि अधिकांश संस्थागत (निजी) विद्यालयमा भने गत बैशाखको दोस्रो साताबाटै नयाँ शैक्षिक सत्र आरम्भ गरी पठनपाठन शुरु भएको थियो ।
आज कतिपय सार्वजनिक विद्यालयले पठनपाठन शुरु गरेपनि धेरैजसो विद्यालयले भने परिचयात्मक कक्षाको रुपमा सञ्चालन गरेको बताइएको छ ।
बिगतमा शैक्षिक सत्रको आरम्भ भएसँगै १ महिनासम्म तामझामका साथ सरकारले नयाँ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गरेको भएपनि यो वर्ष त्यस्तो देखिएको छैन । विद्यालयमा भर्ना भएर अध्ययन थालेका धेरै विद्यार्थीहरुले बीचैमा पढाइ छाड्ने गरेको पाइएकोले सरकारले विद्यार्थीले बीचैमा पढाई छोड्ने समस्या न्युनिकरण गर्न र समयमा नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने व्यवस्था गर्नु पर्ने सरोकारवालाहरुले माग गरेका छन् ।