आजबाट एमसीसी सम्झौता माथि प्रतिनिधि सभामा छलफल हुने, संसद भवन वरिपरि काँडे तार

काठमाडौं/ यही फागुन ८ गते प्रतिनिधि सभामा सांसदहरुको बिरोध र नाराबाजीका बीच पेश भएको एमसीसी सम्झौता माथि आजबाट छलफल हुने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । उसले आज दिउसो १ बजे बस्ने बैठकमा उक्त सम्झौताको सैद्धान्तिक विषयमाथि छलफल हुने , त्यसमा बोल्न चाहाने सांसदले नाम टिपाउनु पर्ने र त्यस सम्झौता माथि सैद्धान्तिक छलफल सकिएपछि त्यसलाई निर्णयार्थ सदनमा पेश गरिने जनाएको छ ।

यता सो सम्झौतालाई संसदबाट पारित गराउन र यसलाई बिफल बनाउन यो सम्झौताका पक्ष र विफक्षमा लागेकाहरुले आ-आफ्नै ढंगबाट कार्य गरिरहेको देखिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु, जसपाका नेता डा.बाबुराम भट्टराई, लोसपाका अध्यक्ष महन्त ठाकुर लगायतका नेताहरु यसलाई पारित गराउन लविङ गरिरहेका छन् भने नेकपा (एमाले)को संस्थापन पक्ष जनताका बीचमा आफूलाई राष्ट्रवादी देखाउन विरोध गरे जस्तो पनि गर्ने र यसलाई पारित गराउने गरी कार्य गरिरहेको छ ।

उता यो सम्झौताको विपक्षमा रहेका नेकपा (एस) का सम्मानित नेता झलनाथ खनाल लगायतका नेतहरु, नेकपा (माके)का कृष्णबहादुर महरा सहितका नेताहरु, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदमा यो सम्झौता बिफल बनाउने गरी कार्य गरिरहेका छन ।

संसद भवन वरिपरि काँडे तार

बुधबार सरकारले सुरक्षाका लागि भन्दै संघीय संसद भवन वरिपरि काँडे तार लगायो । एमसीसी सम्झौता खारेजीको माग गरी विरोध गरिरहेका नागरिकहरु संघीय संसद भवन छिरेर विरोध गर्न सक्ने भयले सरकाले उक्त काँडे तार लगाएको जनाइएको छ ।

एमसीसीको बिरोधमा संसद भवन घेराउ

६ कम्युनिष्ट पार्टी र २ मोर्चा लगायतले आज पनि संसद् भवन घेराउ गर्ने जनाएका छन् ।

Leave a Reply