कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको लिग चरणको अन्तिम खेल हुने भएका छन् । कतार विश्वकपमा छनौट भएका ३२ वटै टोलीले लिग चरणको दोश्रो खेल खेली सकेकाले आजबाट लिग चरणको अन्तिम खेल शुरु हुन लागेको बताइएको छ । लिग चरणको अन्तिम खेलमा विजयी हुने ८ वटै समुहका २/२ टोली अंक तालिकाको आधारमा विजेता र उप-विजेता बनेर प्री-क्वाटर फाइनलको यात्रा तय गर्ने छन् भने बाँकी १६ टोली यो विश्वकप फुटबलबाट बाहिरिने छन् ।
आज समुह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा तथा नेदरल्याण्ड्स र कतार बीच खेल हुने छन् भने आजै समुह ‘बी’ मा रहेका इरान र संयुक्त राज्य अमेरिका तथा वेल्स र इङ्ल्याण्ड बीच लिग चरणको अन्तिम खेल हुनेछन् ।