इको हिमाल साकोसद्वारा शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण

काठमाडौंको बालाजुमा रहेको इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा गरेको कारोबारको आधारमा प्राप्त गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । उक्त लाभांश रकम शेयर सदस्यहरुको खातामा जम्मा गरेको बताइएको छ ।

सो संस्थाको यही पुस २ गते माउण्टेन फुडल्याण्ड ,अन्नपूर्ण चोक, काठमाडौंमा सम्पन्न १४औं वार्षिक साधारण सभाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

उक्त संस्थाका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभाको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले उद्घाटन गर्नुमयो ।

उक्त अवसरमा उहाँले सहकारीले आर्थिक तथा सामाजिक क्षेत्रमाज्ञपु-याएको योगदानप्रति प्रशन्नता व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना व्यक्त गर्नुभयो

त्यस अवसरमा सहकारी क्षेत्रका अगुवा तथा माउण्ट धौलागिरि बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष गोविन्दप्रसाद शर्मा र नेपाल राष्ट्र बैंकका पूर्व कानुन प्रमुख रामहरि न्यौपानेले उक्त संस्थाको थप प्रगतिको कामना गर्दै सहकारीको महत्वको बारेमा प्रकाश पार्नुभयो ।

सोही अवसरमा सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले इको हिमाल साकोसले स्थापना भएको छोटो समय गरेको प्रगति र यसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवा प्रशंसनीय रहेको बताउदै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो । उहाँले आफ्ना शेयर सदस्यहरुप्रति केन्द्रित रही समुदायमा आधारित रहेर सहकारीको सिद्धान्त ,नीति , मुल्य र मान्यतालाई आत्मसाथ गरेर सञ्चालन भएका सहकारी संस्थामा वित्तीय समस्या नरहेको बताउनुभयो ।

त्यसै साधारण सभामा अध्यक्षता गर्दै उक्त संस्थाका अध्यक्ष श्रेष्ठले सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी समय-समयमा नियामक निकायले जारी गरेका नीति र निर्देशन पालना गरी सञ्चालन भइरहेको हाम्रो यो संस्था शेयर सदस्य ज्यूहरुको साथ र सहयोगले गर्दा निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले यस संस्थाले उपर्युक्त समयमा आफ्नो भवन निर्माण कार्य शुरु गर्ने बताउनुभयो ‌। साधारण सभामा सोही संस्थाका सचिव तथा प्रबन्ध निर्देशक लेखनाथ पौडेलले सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट , लेखा सुपरीवेक्षण समितिका संयोजक काञ्छा महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो । ती प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा उक्त संस्था शेयर पूँजी रु.१,५४,८२,८०० , निक्षेप संकलन रु.२३,१८,८८,११६.२४ र कर्जा लगानी रु.२२,६२,२५,११२.४९ रहेको उल्लेख छ ।

साधारण सभामा संस्थाका जेष्ठ शेयर सदस्य , उत्कृष्ठ कारोवार गरेका सदस्यहरु तथा २०७८ सालोको एस.ई.ई. मा उत्कृष्ठ जी.पी.ए.का साथ उत्तीर्ण भएका शेयर सदस्यहरुका छोरीहरुलाई पुरस्कृत गरी सम्मान गरियो । त्यस अवसरमा साधारण सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि शाक्यलाई मायाको चिनो प्रदान गर्नुभयो ।

Leave a Reply