ललितपुरको सातदोबाटोमा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय र चापागाउँमा रहेको सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ को कारोबारको आधारमा शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम सहित १३ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । सहकारी ऐन , नियमावली र यस संस्थाको विनियममा भएको व्यवस्था अनुसार सो रकम शेयर सदस्यहरुको खातामा पठाइएको सोही संस्थाका प्रबन्धक रमेश घिमिरेको भनाई छ ।
यही पुस २० देखि २३ गतेसम्म आफ्नै केन्द्रीय कार्यालय भवन परिसरमा सम्पन्न भएको उक्त संस्थाको २२औं वार्षिक साधारण सभाले शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम सहित १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सहकारी विभागको निर्देशन पालना गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय साक्षरता प्रवाह गरी सम्पन्न भएको त्यस सभाले सोही संस्थाका अध्यक्ष कृष्णबहादुर महतले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नु भएको संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गर्नु भएको संस्थाको लेखा सुपरीवेक्षण समितिको आर्थिक वर्ष २०७८/०७९को प्रतिवेदन र कोषाध्यक्ष विष्णु दाहालले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/०७० को अनुमानित आय व्यव विवरण पारित ग-यो । साधारण भाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा सो संस्थामा कुल सम्पति रु.६४,६८,८३,४७३ रहेको उल्लेख छ ।
सो संस्थाले वित्तीय कारोवार सहित समय-समयमा शिक्षा/ तालिम सञ्चालन गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा रक्तदान कार्यक्रम लगायतका विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।