काठमाडौंको मातातीर्थमा आफ्नै भवनबाट सञ्चालन भइरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको बुधबारबाट १५औँ वर्षमा प्रवेश गरेको छ । समुदायमा आधारित रहेर काठमाडौंमा सञ्चालन भइरहेका नमुना सहकारी संंस्थाहरु मध्येको एक संस्थाको रुपमा यो संस्था रहेको जानकारहरु बताउछन् । स्थापना भएदेखि नै आफ्ना शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसाथ गरि सञ्चालन भइरहेको यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको उसका सूचकाङ्कहरुबाट देखिएको छ ।

