ख्वप साकोसको आयोजनामा ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन

भक्तपुर नगरपालिका-२,ब्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उप-समितिको आयोजना तथा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्राविधिक सहयोगमा २०८१ जेष्ठ २६ गते शनिबार भक्तपुरको ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । सो स्वास्थ्य शिविरमा नाक, कान, घाँटी ,दाँत , रक्तचाप (blood pressure) तथा मधुमेह (suger)को निःशुल्क परीक्षण गरियो ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा निस्वार्थ सेवा गरिरहेको चर्चा गर्दै शैक्षिक ऋण दिई विद्यार्थीहरुलाई उच्चो शिक्षा दिलाउन हौसला प्रदान गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा अन्तरगत भक्तपुर नगरपालिकाबाट ख्वप अस्पतालको स्थापना गरी सस्तो शुलभ तरिकाले स्वास्थ्य परीक्षण, विरामीलाई निःशुल्क अक्सिजन र रगत वितरण तथा घर घरमा नसिंङ्घ सेवा सञ्चालन गरिरहेका बताउनुभयो ।
उक्त अवसरमा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले संस्थाका हरेक सदस्यहरु तथा टोलबासीको स्वास्थ्यलाई मध्यनजर गरी ब्यासी टोलमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो ।
सोही अवसरमा समाजसेवी गणेशप्रसाद सुवालले प्रत्येक नागरिकले स्वास्थ्यलाई धन सम्झी नियमित स्वास्थ्य परिक्षण गर्न आवश्यक छ भन्दै ख्वप साकोसले स्वास्थ्य नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा आभार प्रकट गर्नुभयो । ।
त्यस अवसरमा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष तथा स्वास्थ्य उप-समितिका संयोजक लक्ष्मीनारायण सुवालले संस्थाको वार्षिक कार्ययोजना अनुसार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो ।

निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान र घाँटी तर्फ डा.बेलु कायष्ठ, दन्त परीक्षणमा डा. सविना बासुकला र रेजा कवाँ , मधुमेह(suger) परीक्षणमा भक्तपुर नगरपालिका वडा नं २ का नर्स ग्रेसा कर्माचार्य र अर्का लायव टेक्निसियन मञ्जु ब्याञ्जुले मधुमेह(suger) परीक्षण तथा स्वास्थ्य स्वंयमसेविकाहरु बबि मैया कवाँ , रोजिना बासुकला र सुजिना दुवालले स्वास्थ्य परीक्षणमा सहजीकरण गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान र घाँटीमा ११४ जना , दाँत परीक्षण ८४ जना, मधुमेह(suger) परीक्षण १५६ जनाले र रक्तचाप (blood prssure) परीक्षण १६० जनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *