गुर्जुधारा साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको गुर्जुधारामा रहेको गुर्जुधारा बचत तथा ऋण सहकारी संस्था लि.को १३औं साधारण सभा यही पुस २७ गते सोही संस्थाका अध्यक्ष राजकुमार महर्जनको अध्यक्षता तथा नेफ्स्कूनका कोषाध्यक्ष एवं कास्कूनका अध्यक्ष दीपक पनेरूको प्रमुख आतिथ्यतामा सभ्य र भव्यताकाका साथ सम्पन्न भयो । प्रमुख अतिथि पनेरूले दीप प्रज्वलन गरी साधारण सभाको उद्घाटन गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि पनेरूले स्थानीय समुदायमा आधारित गुर्जुधाराको साकोसको प्रतिवेदनमा उल्लेख भएका सबै सूचकाङ्क राम्रो रहेको भन्दै यो संस्थाको थप प्रगतिको कामना गर्नुभयो । उहाँले समुदायमा आधारित रही आफ्ना शेयर सदस्यहरुप्रति उत्तरदायी भएर सञ्चालन भएका सहकारी संस्थाहरुको वित्तीय अवस्था राम्रो रहेको बताउनुभयो ।
सभामा उक्त संस्थाका अध्यक्ष महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्य ज्यूहरुको साथ , सहयोग र विश्वासका कारण स्थानीय समुदायमा आधारित हाम्रो यस गुर्जुधारा बचत तथा ऋण सहकारी संस्था लि. निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउदै त्यसका लागि सबैमा धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले सहकारीको सिद्धान्त , मुल्य र मान्यता तथा समय -समयमा नियामक निकायले जारी गरेका नीति र निर्देशनलाई पालना गरी आफ्ना शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसाथ गरी सञ्चालन भइरहेको यस संस्थाले परिवर्तित समय अनुसार आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गर्ने सेवा थप गुणस्तरीय बनाउदै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी मुलुकको राष्ट्रिय अर्थतन्त्रको तीनमध्येको एक खम्बा भनेर संविधानमा उल्लेख भएकोले सरकारले सोही अनुसारको कार्य गरी सहकारीलाई थप फष्टाउने वातावरण बनाउनु पर्ने खाँचो औल्याउनुभयो । साधारण सभामा संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत त्यसै संस्थाकी लेखा सुपरीवेक्षण समितिकी संयोजक दशमाया महर्जनले समुदायमा आधारित यस संस्थाले आफ्ना शेयर सदस्यहरुमा केन्द्रित रहेर राम्रो सँग कार्य गरिरहेको विचार व्यक्त गर्नुभयो ।

शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदन पारित गरियो । साधारण सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा शेयर सदस्य संख्या २,४०४, शेयर पूँजी रु.१,१३,००,००० , निक्षेप संकलन रु १३,८८,५७,००,०००, र कर्जा लगानी रु.१५,४०,४९,००,००० रहेको उल्लेख छ । त्यसैगरी ती प्रतिवेदनमा सो संस्थाले नेशनल क्यान्सर अस्पताल र समाज डेण्टल अस्पतालसँग सहकार्य गरी समय-समयमा स्वास्थ्य शिवीरको आयोजना गरी शेयर सदस्यहरुको स्वास्थ्य परीक्षण गर्ने , संस्थाको वित्तीय कारोवारलाई समय सापेक्ष डिजिटलाइजेशनमा लाने , वित्तीय पहुँचबाट टाढा रहेका न्युन आय भएका विपन्न वर्ग र त्यसमा पनि विशेषगरी सिमान्तकृत महिलाहरुका लागि लघुवित्त कार्यक्रम सञ्चालन गरी उनीहरुलाई उत्पादन र आयमूलक कार्यमा लाग्न प्रेरित गर्ने लगायतका कार्य योजना उल्लेख छ ।

साधारण सभामा त्यस संस्थाका बिभिन्न बिधामा कारोवारकरता लगायतलाई सम्मान गरिएको थियै ।

सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम , आफ्ना शेयर सदस्यहरुलाई तीर्थाटन गराउने जस्ता सामाजिक कार्य गर्ने, समय-समयमा शिक्षा/तालिम सञ्चालन गर्ने जस्ता कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *