चमेली कल्याणकारी साकोसको बिस्तारित मञ्च बैठक सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका १, बिरुवामा आफ्नै भवनमा केन्द्रीय कार्यालय र सोही नगरपालिका-७, गुण्डुमा सेवाकेन्द्र सञ्चालन गरी आफ्न शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा त्यसै संस्थाको शिक्षा , तालिम तथा सूचना उप-समितिको संयोजनमा २०७९ पुस ९ गते शनिबार दधिकोट ईङ्लिस स्कुल , दधिकोटमा बिस्तारित मञ्च बैठक सम्पन्न भयो । सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लछुराम न्यौपानेको प्रमुख आतिथ्यता तथा उक्त संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षता र सचिव दीपककुमार न्यौपानेको सञ्चालनमा सम्पन्न सो बैठकमा त्यस संस्थाकाे वार्षिक योजना तथा गतिविधिको बारेमा त्यसै संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले प्रकाश पार्नुभएको थियो । उक्त बैठकमा त्यस संस्थाका पदाधिकारी, सल्लाहकार उप- समितिका सदस्यहरु तथ शेयर सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

यस अघि गत मंसिर २४ गते गुण्डुमा सो संस्थाको बिस्तारित मञ्च बैठक सम्पन्न भएको थियो ।

Leave a Reply