दक्षिण कोरियालाई हराएको घानाको कतार विश्वकप फुटबलको नकाउट चरण प्रवेशको सम्भावना कायमै

कतारमा जारी २२औ संस्करणको फिफा विश्वकप फुटबलको समुह ‘एच’को लिग चरणको आज सम्पन्न दोश्रो खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गरी ३ अंक बटुलेको छ । यसले लिग चरणको पहिलो खेलमा पोर्तुगलसँग पराजित भएको घानाको नकाउट चरण पुग्ने सम्भावना कायम रहेको छ तर आजको खेलमा भएको पराजयले उरुग्वेसँग पहिलो खेल बराबरी खेलेको दक्षिण कोरियाको नकाउट चरण पुग्ने सम्भावना कठिन बनेको छ । नेपाली समय अनुसार आज साँझ कतारको एजुकेसन सिटी रंगशालामा भएको उक्त रोमाञ्चक खेलको २४औं मिनेटमा घानाका मोहमद सालिसुले पहिलो गोल गरी घानालाई आग्रता दिलाएका थिए भने मोहमद कुडुसले खेलको ३४औं र ६८औं मिनेटमा २ गोल गरी घानाको जीत निश्चित गरेका थिए । यता खेलमा पराजित दक्षिण कोरियाका चो गुए सोडले ५८औं र ६१औं मिनेटमा २ गोल गरेका थिए । त्यसपछि पनि दक्षिण कोरियाले थप गोल गर्न निकै प्रयास गरेपनि घानाको रक्षा पङ्ती छिचोल्न भने सकेन । खेलको अन्ततिर दक्षिण कोरियाले कर्नर किक हान्ने अवस्था बनेपनि दक्षिण कोरियाले कर्नर किक नहान्दै रेफ्रीले सिट्ठी बजाएर खेल समाप्त गरेका थिए ।

रेफ्रीले सो खेल सकिएको सिटी बजाएपछि आफ्नो टिमलाई टोलीलाई कर्नर किकको मौका नदिएको भन्दै आक्रोस व्यक्त गरेपछि रेफ्री एण्टोनी टेलरले दक्षिण कोरियाका प्रशिक्षक पोउलो बेण्टोलाई रातो कार्ड दिएका थिए ।

समुह ‘एच’ को लिग चरणको अर्को खेल आजै मध्यराती १२:४५ बजे पोर्तुगल र उरुग्वे खेल्ने छन् ।

Leave a Reply