नेकपा(माके)को बागमती प्रदेश सभा दलको नेतामा शालिकराम जम्मरकट्टेल चयन, असन्तुष्ट सहयात्री

नेकपा (माके)को बागमती प्रदेश सभा दलको नेतामा शालिकराम जम्मरकट्टेल सर्वसम्मत चयन हुनुभएको छ । आज बसेको सो दलको प्रदेश सभा दलको बैठकले बागमती प्रदेशका आर्थिक मामिला मन्त्री रहेका जम्मरकट्टेललाई सर्वसम्मत चयन गरेको बताइएको छ तर जम्मरकट्टेल उक्त दलको नेता भएसँगै अर्का बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले असन्तुष्टी व्यक्त गरी बैठक नै छाडेर हिडेको जनाइएको छ । सहयात्री नेकपा (माके)को बागमती प्रदेश सभा दलको नेताका आकांक्षी रहनुभएपनि सोही पार्टीका अध्यक्ष प्रचण्डले चुनाव नगरी नेकपा (माके)को बागमती प्रदेश सभा दलको नेता सर्वसम्मत चयन गर्नु भनी निर्देशन गरेकाले जम्मरकट्टेल उक्त दलको नेता चयन हुन पुगेको प्राप्त समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *