नेकपा (एमाले)को मधेश प्रदेश सभा दलको नेतामा सरोज यादव चयन

नेकपा (एमाले)को मधेश प्रदेश सभा दलको नेतामा सोही पार्टीका केन्द्रीय कमिटी सदस्य सरोज यादव चयन हुनुभएको जनाइएको छ । महोत्तरी क्षेत्र नं.४(क)बाट निर्वाचित यादवलाई सो पार्टीको मधेश प्रदेश कमिटीको बैठकले मधेश प्रदेश दलको नेता चयन गरेको हो । सो दलको नेताका लागि उक्त पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार लेखी , रामचन्द्र मण्डल र हरिनारायण महतोले आकांक्षा राखेपछि सो प्रदेश सभादलको नेता छनौटको जिम्मा उक्त पार्टीको मधेश प्रदेश कमिटीलाई दिइएको बताइएको छ । मधेश प्रदेश सभामा नेकपा (एमाले)का २३ जना सदस्य छन् ।

मधेश प्रदेश सभा दलको चयनसँगै नेकपा (एमाले)ले ७ वटै प्रदेश सभा दलको नेता चयन गरेको छ । जस अनुसार प्रदेश नं.१ मा हिक्मत कार्की , मधेश प्रदेशमा सरोज यादब , बागमती प्रदेशमा जगन्नाथ थपलिया , गण्डी प्रदेशमा खगराज अधिकारी , लुभ्बिनी प्रदेशमा लीला गिरी , कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूर पश्चिम पर्देशमा राजेन्द्र रावल नेकपा (एमाले)को प्रदेश सभा दलको नेता चयन हुनुभएको छ ।

Leave a Reply