नेकपा सहितका ३ कम्युनिष्ट पार्टीको चुनाव बहिस्कार कार्यक्रम घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान संयुक्त पत्रकार सम्मेलन गर्दै ती तीन पार्टीले चुनाव बहिस्कार कार्यक्रम घोषणा गरेका हुन् । उक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लव नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ले आसन्न प्रतिनिधि सभा र पृरदेश सभा निर्वाचनपछि देश आत्मनिर्भर र स्वाधीन बन्ने भन्दा पनि थप पराधीनता तर्फ धकेलिने अवस्था आउनु भ एकोले यो निर।वाचन खारेज हुनु पर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *