नेक्रायु संघ मध्यपुरको आयोजनामा राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिता हुने

नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर नगर समितिको आयोजना तथा भक्तपुर चेस क्लवको सह-आयोजनामा आउदो असोज ५ गते हुने तेश्रो मध्यपुर नगर सम्मेलन प्रचारार्थ मध्यपुरको बाहाखा बजारमा अवस्थित एक्टिभ ई.सेकेण्डरी स्कूलमा यही भाद्र २१ र २२ गते प्रथम नेक्रायुसंघ मध्यपुर राष्ट्रब्यापी खुल्ला फिडे रायपिड् रेटि· बुद्धिचाल प्रतियोगिता (1 st NRYU MADHYAPUR FIDE RAPID RATING CHESS TOURNAMENT –2081 )हुने भएको छ । प्रतियोगितामा नेपाल बुद्धिचाल संघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोग गर्ने भएको छ । प्रतियोगिता स्वीस लिग प्रणाली अनुसार ९ चरणसम्म खेलाइने छ । प्रतियोगिता भब्य रुपमा सफल पार्न गंगाराम कोजुको संयोजकत्वमा आर्थिक समिति, रुकेश कर्माचार्यको नेतृत्वमा प्रचार प्रचार समिति र भक्तपुर चेस क्लवका अध्यक्ष तथा फिडे आर्विटर राजकुमार लघुको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ । नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र था श्रेष्ठका अनुसार राष्ट्रब्यापी खुल्ला फिडे रायपिड् रेटि· बुद्धिचाल प्रतियोगितामा नेपालका बर्तमान नेपाल च्याम्पियन र प्रायः सबै पूर्व नेपाल च्याम्पियनहरुको सहित भन्दा १२० जना भन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा लागि अनलाइनबाट पनि दर्ता गर्ने ब्यवस्था मिलाइएको छ । भ्क्भ्ध्ब् क्ष्म् ९८४१६२१०१० मा नाम दर्ता गर्न सकिनेछ । प्रतियोगिताको लागि रु.५८,५००। बराबरको नगद पुरस्कार तथा आकर्षक मेडल ट्रफीको बन्दोबस्त गरिएको छ । प्रतियोगितामा पहिलो हुनेले रु १५,००० ,दोश्रो हुनेले रु १०,००० र तेश्रो हुनेलाई रु ६,०००, नगद पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगितामा दर्ता शुल्क प्रति खेलाडी रु.५०० राखिएको छ । प्रतियोगिताबारे सम्पर्कका लागि नेपाल बुद्धिचाल संघका निरञ्जन प्रजापति(९८५१२२८५४०), प्रतियोगिताका चिफ आर्विटर फिडे राजकुमार लघु (९८४११३२८९०), आयोजक समितिका अध्यक्ष सुरेन्द्र था श्रेष्ठ(९८६०८५९०३०) र भक्तपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष बद्री केदार दुवाल(९८५११२०९२८)लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।प्रतियोगिताका चार चरणका खेल भाद्र २१ गते विहान १०ः०० बजेदेखि र भाद्र २२ गते ५ चरणका खेलहरु हुने आयोजकले बताएको छ । नेक्रायु संघ मध्यपुरका अध्यक्ष सुरेन्द्र था श्रेष्ठका अनुसार विजेता खेलाडीहरुलाई भाद्र २२ गते शनिबार दिउँसो ३ः०० बजे पुरस्कृत गरिने बताइएको छ ।

Leave a Reply