काठमाडौं महानगरपालिका -७, टुसालमा आफ्नै सुबिधा सम्पन्न भवनमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लि.ले यही पुस १ गतेदेखि सञ्चालन शूरु गरेको नेचुरल जीवन सहारा बचत योजना प्रभावकारी बन्दै गएको सो संस्थाले जनाएको छ । यो योजनाको सञ्चालन शुरु भएसँगै सो संस्थाले आफ्ना शेयर सदस्यहरु बीच सदस्य शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा यही पुस १ देखि २१ गतेसम्म त्यस संस्थाले आफ्नो केन्द्रीय कार्यालय हुदै सबै सेवाकेन्द्रमा यो कार्यक्रम सञ्चालन ग-यो , जसले यो कार्यक्रमको प्रभावकारिता बढ्दै गएको उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत विकल्प पाठक
बताउनुहुन्छ । ‘यस संस्थामा आवद्ध शेयर सदस्यहरुलाई समृद्ध बनाई उनीहरुको सुख दुःखको क्षणमा जीवन सहाराको काम गर्दै संस्था र सदस्य बीचको सम्बन्ध थप प्रगाढ र पारदर्शी बनाउने उद्देश्यले शुरु भएको यो योजनामा सहभागी हुने शेयर सदस्य र निजको परिवारले जन्मदेखि मृत्युसम्मको सेवा प्राप्त गर्नेछन्’, उहाँको भनाई छ । अलगपथका प्रतिनिधिले यो योजनाको थप विशेषताको बारेमा राखेको जिज्ञाशाको जवाफमा उहाँले ‘हाम्रो यस संस्थाले शुरु गरेको यो योजनामा सहभागी हुने शेयर सदस्य र निजको परिवारले अधिकतम व्याजको सुबिधा , बीमा सुबिधा , विभिन्न अस्पतालमा स्वास्थ्य उपचारमा विशेष छुट सुबिधा , बिभिन्न सुपर मार्केट तथा मार्टमा सामान खरीदमा विशेष छुट सुबिधा , विभिन्न रेष्टुरेष्टमा विशेष छुट सुबिधा पाउने तथा शेयर सदस्यको परिवारमा शिशुको जन्म हुदा सुत्केरीलाई रु.५ हजार रुपैया प्रदान गरिने र शेयर सदस्य या उनको परिवारका सदस्यको मृत्यु भएमा दाहसंस्कारका लागि श्रद्धाञ्जली स्वरुप रु.१५ हजार निजको परिवारलाई उपलब्ध गर्ने व्यवस्था छ’ भन्नुभयो ।
‘यो योजनासँगै हामी यस संस्थालाई थप सुदृढ र सवल बनाउने उद्देश्यले अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढिरहेका छौं । हामीले शेयर सदस्यहरुलाई सुसूचित गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत हाम्रो यो संस्था र समुदाय बीचको सम्बन्ध थप प्रगाढ बनाउने गरी सदस्यसँग नेचुरल शिक्षा कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं’ उहाँको थप भनाई छ ।
२०५६ सालमा स्थापना भएको यो संस्थामा यतिबेला साँढे १० हजार शेयर सदस्य र रु.३ अर्व २२ करोड कुल कारोबार रहेको जनाइएको छ । लामो समय गोकर्णेश्वर नगरपालिका-८ , जोरपाटीमा केन्द्रीय कार्यालय रहेपनि गत भदौ २५ गतेदेखि
भने सो संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-७, टुसालमा रहेको आफ्नै भवनबाट सञ्चालन हुदै आएको छ । त्यस संस्थाले केन्द्रीय कार्यालयको अतिरिक्त काठमाडौंको साखु, कालीमाटी , काडाघारी र नयाँ बजारमा रहेका आफ्ना सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ । सहकारीको सिद्धान्त , मुल्य र मान्यता तथा नियामक निकायले जारी गरेका नीति र निर्देशनलाई पालना गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको हाम्रो यस संस्थाले परिवर्तित समय अनुसार आफ्नो सेवालाई थप गुणस्तरीय बनाउदै लाने त्यसै संस्थाका व्यवस्थापक घनश्याम नेपालको भनाई छ ।