काठमाडौं/ हिजोदेखि काठमाडौंमा शुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन आज पनि जारी छ । यो महाधिवेशनमा पनि सभापतिको उम्मेद्वारका आकांक्षी रहेका सो पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तिम समयमा आएर सभापति पदमा उम्मेद्वारी नदिने घोषणा गर्नु भएको छ । आज प्रेस विज्ञप्ति जारी उहाँले सो जानकारी दिनु भएको हो । सभापति देउवा र नेता सिटौला इतरका पक्षमा सभापति पदका उम्मेद्वारका आकांक्षी धेरै भएका र उक्त पक्षबाट आफू साझा उम्मेद्वार बन्न सक्ने अवस्था नदेखेपछि पौडेलले सभापति पदको उम्मेद्वार नबन्ने घोषणा गरेको बताइएको छ ।