प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वास लिनु हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिने कार्यसूची बनाउन आग्रह गरी संघीय संसद सचिवालयलाई पत्र लेख्नुभएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद बिस्तार गर्ने बताउनुभएको छ । त्यही कारण गत सोमबार मन्त्री बनेका नेकपा (एमाले)का राजेन्द्रकुमार राई, ज्वालाकुमारी साह र दामोदर तथा जनमत पार्टीका अब्दुल खानलाई मन्त्रालय तोकिएको छैन ।

यता संघीय संसदको अधिवेशन यही पुस २५ गते आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *