काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२, बलम्बुमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा मकवानपुरको थाहा नगरपालिका-६,बज्रबाराहीमा सेवाकेन्द्र सञ्चालन गरिरहेको बलम्बु च्याउ सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमा गोष्ठी काठमाडौंको नागढुङ्गास्थित वीकिड भिल्ला रिसोर्टमा २०८१ असार २२ गते शनिबार सम्पन्न भयो । गोष्ठीको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष

अमरदीप सिंह महर्जनले सो संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको समीक्षा सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमको बारेमा प्रकाश पानुभयो । उहाँले जथाभावी सञ्चालन भएका केही सहकारी संस्थाहरु समस्यामा परेपनि समुदायमा आधारित रहेर सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई पालना गरि सञ्चालन भएका हाम्रो यस बलम्बु च्याउ सहकारी संस्था लि.जस्ता सहकारी संस्थाहरुको अवस्था राम्रो रहेको बताउनुभयो । गोष्ठीमा त्यसै संस्थाका व्यवसथापक ज्ञानदास महर्जनले सो संस्थाको आर्थिक वर्ष २०८०/८१ को बजेटको समीक्षा सहित आर्थिक वर्ष २०८१/८२ को अनुमानित बजेट पेश गर्नुभयो ।
गोष्ठीममा उक्त संस्थाका सञ्चालक समिति, लेखा सुपरीवक्षण समिति र उप-ुममितिहरुका पदाधिकारी र सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा त्यसै संस्थाका कर्मचारीहरुलाई कार्य विवरण पनि वितरण गरिएको थियो ।



समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यो संस्थाले आफ्ना शेयर सदस्यहरु बीच बचत र ऋण कारोबारसँगै च्याउको अध्ययन, अनुसन्धानर तथा प्रवर्द्धनमूलक कार्य गरिरहेको छ । यो संस्थामा शेयर सदस्य ४,००६ जना , शेयर पूँजी रु.४ करोड ३३ लाख, निक्षेप संकलन रु.५५ करोड , कर्जा लगानी रु.५४ करोड , जगेडा तथा अन्य कोष रु.२ करोड ९३ लाख र कूल कारोबार रु.६७ करोड ५९ लाख रहेको बताइएको छ ।