काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को १५औँ वार्षिक उत्सवको अवसरमा २०८० फाल्गुण ५ गते शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।
सो संस्थाको आयोजना तथा कान्तिपुर हस्पिटल, ब्लड ट्रान्सफ्युजन सर्भिसको प्राविधिक सहयोग र काठमाडौं महानगरपालिकाको सहयोगार्थ श्रीकृष्ण पुुञ्ज , सामुदायिक समाज भवन, कोटेश्वरमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ९३ जना रक्तदाताले रक्तदान गरेका थिए । त्यस अवसरमा रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा त्यस संंस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त संस्थाका सचिव केदार कार्कीले सञ्चालन र कोषाध्यक्ष किशोर श्रेष्ठले संयोजन गर्नुभएको सो कार्यक्रमको सोही संस्थाका अध्यक्ष जयबहादुर खड्काले केक काटेर उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले शेयर सदस्यहरु, कमर्चारीहरु लगायतमा शुभकामना व्यक्त गर्नुभयो । सो रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई त्यस संंस्थाका कोषाध्यक्ष तथा त्यसै कार्यक्रमका संयोजक श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
रगत अभावले विरामीहरुको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले बिगतका वर्षहरुमा झैं हाम्रो यो संंस्थाको १५औँ वार्षिक उत्सवमा बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको त्यसै संस्थाका व्यवस्थापक पदम श्रेष्ठको भनाइ छ ।
निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको यो संस्थाको कार्यालय भवनको लागि काठमाडौंको जडिबुटीमा जग्गा खरीद गरेेको बताइएको छ । यो संंस्थामा ६८७ पुरुष र ५३९ महिला गरी शेयर सदस्य संंख्या १,२२६ , बाल सदस्य संख्या १८७, शेयर पूँजी रु.२,१०,३८,१०४ , कुल बचत रु.१२,२३,१५,०९५, कुल ऋण लगानी रु.११,६८,१२,३२४, जगेडा कोष रु.१,२३,५५,७८०, अन्य कोषहरु रु.५२,७०,७८०, कुल सम्पत्ति तथा दाायितब १७,९६,८६,८१७ र तरलता २५.५ प्रतिशत रहेको जनाइएको छ ।
कार्यक्रम झलक