विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारको क्रममा आज निधन भएका १ नं. प्रदेशका वन , वातावरण तथा भू संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनको शोकमा १ नं. प्रदेश सरकारले २०७९ कार्तिक २४ गते बिहीबार १ दिन १ नं. प्रदेशमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको बताइएको छ । आउदो मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा मोरङको क्षेत्र नं.३ (क) को नेपाली कांग्रेसका उम्मेद्वार समेत रहेका गत दिवंगत थापालाई गत असोज २४ गतेदेखि डेंगु र निमोनिया भएपछि उहाँको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार हुदै आएको थियो ।
मोरङ क्षेत्र नं.३ (क) को प्रदेश सभाको उम्मेद्वार मनोनयन भोलि र अन्तिम नामावली प्रकाशन शुक्रबार हुने
निर्वाचन आयोगले मोरङ क्षेत्र ३(क)का प्रदेश सभा सदस्य पदका नेपाली कांग्रेसका उम्मेद्वार तथा १ नं. प्रदेशका वन , वातावरण तथा भू संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनले सो क्षेत्रमा रोकिएको निर्वाचन कार्यक्रम भोलिबाट पुन: शुरु गर्ने गरी कार्यतालिका प्रकाशन गरेको जनाएको छ । आउदो मंसिर ४ गते नै त्यहाँको पनि निर्वाचन सम्पन्न गर्ने गरी भोलि उम्मेद्वार मनोनयन र शुक्रबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।