महङ्गी बढ्दा उपभोक्ता मारमा

एक पछि अर्को गर्दै उपयोग्य बस्तुको मुल्य बढ्दै जादा उपभोक्ताहरुलाई थप मार परेको देखिएको छ । मुल्य बृद्धि कै कारण थोरैतिनो आम्दानीले गुजारा गर्नु पर्ने उपभोक्ताहरुको जीवन कष्टकर बनेको देखिएको छ । ‘पतञ्जलीको लुगा धुने एक डल्लो साबुनको मुल्य ४५ रुपैया पुगेको , अन्य सामानको भाउ पनि त्यसैगरी बढेको छ , यस्तै हो भने त बाँच्न गाह्रो पर्ने भो’, काठमाडौंको कोटेश्वरमा डेरा गरी बस्ने एक गृहिणीको भनाई छ ।

खुद्रा पसलेहरु पनि सबै सामानको भाउ बढेर आएकोले आफूहरुले बढेको मुल्यमा कि त सामान बेच्नु परो कि त पसल छोड्नु परो , त्यो भन्दा अर्को विकल्प आफूहरुसँग नरहेको बताउछन् । सरकारले पनि बजारमा बढेको मुल्य नियन्त्रण गरी जनतालाई राहत महशुस हुने ढंग कार्य गरेको नदेखिएको जानकारहरु बताउछन् । चुनावमा सबै राजनीतिक दलहरु लगायत केन्द्रित हुदा ठूला व्यापारीहरुले मौकाको फाइदा उठाएको कतिपय मानिसले बताउने गरेको पाइएको छ । नागरिकहरु भने सरकारले जेसुकै उपाय लगाएर भएपनि महङ्गी नियन्त्रण गर्नु पर्ने बताउछन् ।

बजारमा बोइलर कुखुराको मासु जस्ता केही जिनिसको भाउ भने अघिल्लो महिनाको तुलनामा मुल्य घटेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *