ललितपुरको हखबहालमा रहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको रजत वर्ष प्रवेशको अवसरमा भोलि बृहत साइकल -याली हुने सो संस्थाले जनाएको छ । उक्त साइकल -याली त्यसै संस्थाको कार्यालय परिसरबाट शुरु भई ललितपुरको मंगलबजार , सुन्धारा , ग्वार्को र बालकुमारी हुदै काठमाडौंको कोटेश्वर , जडिबुटी र पेप्सीकोला भएर भक्तपुरको थिमि , नगदेश , बोडे , भक्तपुरस्थित नेफ्स्कूनका भूतपूर्व अध्यक्ष तथा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गको निवासमा पुगेर उहाँ र उहाँकी श्रीमतीलाई सम्मान गरी सम्पन्न हुने त्यसै संस्थाका अध्यक्ष करुणारत्न बज्राचार्यको भनाई छ । साइकल -यालीमा सहभागी हुन त्यस संस्थाका शेयर सदस्य लगायतले फारम भर्ने क्रम जारी रहेको बताइएको छ ।
स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । उक्त संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको देखिएको छ ।।