चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्दै नेपाली कांग्रेस

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई केन्द्रविन्दुमा राखेर आफ्ना गतिविधि सञ्चालन थालेको जनाइएको छ । ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएर आफ्नो गतिविधि सञ्चालन गरिरहेको उक्त दलका नेताहरुको भनाई छ ।

सत्ता गठबन्धनमा रहेका दलहरु बीच चुनावी गठबन्धन गरेर उक्त चुनावमा जाने निर्णय गरेको उक्त पार्टी नेता कार्यकर्ताले आफ्नो अवस्था कमजोर भएको स्थानमा मात्रै अरु दलसछग चुनावी गठबन्धन गर्न पार्टी नेतृत्वलाई दवाव दिएको बताइएको छ । सत्ता गठबन्धनका दलहरु बीच सो चुनावमा सीट बाडफाड टुङ्गिएको छैन ।

यता नेपाली कांग्रेस भित्रको शेखर कोइराला पक्षले यो चुनावमा आफ्नो पक्षका कम्तीमा ४० प्रतिशत उम्मेद्वार बन्न पाउनु पर्ने माग पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गरेको सो पार्टी श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *