नेपालमा गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा ,आधारभूत तहमा हुन सकेन परिवर्तन

काठमाडौं/ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आजबाट १४ वर्ष पूरा भएको छ । सरकारले १४औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । गणतन्त्र दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , पूर्व राष्ट्रपति डा.रामवरण यादव , प्रधानमन्त्री शेरबहादुर देउवा , पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली , सभामुख अग्निप्रसाद सापकोटा , राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , पूर्व प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भटृटराई , पूर्व प्रधानमन्त्री तथा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल , लोसपाका अध्यक्ष महन्त ठाकुर, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. लगायतले शुभकामना व्यक्त गर्दै गणतन्त्रलाई थप मजबुत बनाउन सबै आ-आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिनुभएको छ ।

१४औं गणतन्त्र दिवसको उपलक्ष्यमा आज ८१८ जना केलीको बाँकी कैद मिनाहा गरिएको बताइएको छ । मन्त्रीपरिषदले यही जेठ १३ गते गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीबाट ती कैदीहरुको बाँकी कैद मिनाहा गर्नु भ एको जनाइएको छ ।

गणतन्त्र स्थापना भएको १४ वर्षमा हुन सकेन आधारभूत तहमा परिवर्तन

नेपालमा गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा हुँदा पनि आधारभूत तहमा खासै परिवर्तनको अनुभूति हुन सकेको छैन । एकातिर यो १४ वर्षको अवधिमा राजनीतिक स्थायित्व हुन सकेको छैन भने अर्कोतिर गणतन्त्रलाई थप मजबुत बनाउदै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न मद्दत पुग्ने नयाँ संस्कृति निर्माण हुन सकेको छैन । राजनीतिक अस्थीरता र अराजकता यथावत रहदा समाजमा राजनीतिप्रतिको वितिष्णा बढेको यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा घटेका घटनाक्रमबाट देखिएको कतिपय राजनीतिक विश्लेषकहरुको भनाई छ ।

Leave a Reply