नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक आजबाट शुरु

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक आजबाट काठमाडौंमा शुरु भएको छ । आजको बैठकमा सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको र त्यस प्रतिवेदन माथि बैठकमा सहभागी सदस्यहरुले आ-आफ्नो विचार प्रस्तुत गर्ने क्रम शुरु भएको उक्त पार्टीका केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीले अलगपथलाई बताउनुभयो । भोलि पुन: बस्ने गरी सो बैठक स्थगित भएको उहाँको भनाई छ ।

Leave a Reply