मुलुकको ४४औं प्रधानमन्त्री नियुक्त हुनुभएका नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपति भवन शीतल निवासमा हुने सो सपथ ग्रहणसँगै आजै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सानो आकारको मन्त्रीपरिषद गठन गर्ने बताइएको छ ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा नियुक्त भएसँगै यतिबेला नेकपा (माके)को स्थायी समितिको बैठक सो पार्टीको केन्द्रीय कार्यालय , कोटेश्वरको पेरिसडाँडामा बसिरहेको जनाइएको छ । आजै बिहान ११ बजे सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बस्ने बताइएको छ ।
आइतबार नेकपा (एमाले,) नेकपा (माके ), रास्वपा , राप्रपा , जसपा , जनमत पार्टी र नाउपाका सांस तथा अमरेश कुमार सिंह, प्रभु साह सहित ३ स्वतन्त्र सांसद गरी १६९ जना सांसदको समर्थनमा नेकपा (माके)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो ।
नाउपाको शीर्ष नेताको बैठक डिल्लीबजार कारागारमा
नेकपा (माके)का अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीज्ञबनाउन सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले नयाँ सरकारको विषयमा छलफल शीर्ष नेताहरुको बैठक सोही पार्टीका नेता रेशमलाल चौधरीले डिल्लीबजार कारागारमा बोलाएको जानकारी प्राप्त भएको छ ।
सो पार्टीको यही पुस ७ र ८ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सो पार्टीको संसदीय दलको नेता चयन गरेको जनाइएको छ ।