गत आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट बागमती प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ सत्ता गठबन्धनमा रहेका ३ दलका ५ जना महिला उम्मेद्वार मात्रै विजयी हुनुभएको छ , जसमा नेपाली कांग्रेसका सिन्धुपाल्चोक क्षेत्र नं.१ (क) बाट मसिना खड्का
र काठमाडौं क्षेत्र नं.६(क) बाट काठमाडौं महानगरपालिकाकी भूतपूर्व उप-प्रमुख हरिप्रभा खड्गी
विजयी हुनुभएको छ । यसैगरी नेकपा (माके)का नुवाकोट क्षेत्र नं.१(क)बाट राधिका तामाङ
र मकवानपुर क्षेत्र नं.२(ख)बाट कुमारी मोक्तान
विजयी हुनुभएको छ । त्यस्तैगरी नेकपा (एस)की काठमाडौ क्षेत्र १०(ख)की रमा आले मगर
विजयी हुनुभएको छ । बागमती प्रदेश अन्तर्गत दोलखा बाहेक सबैजसो जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना लगभग सकिएको छ भने ती जिल्लाहरुको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुग्न लागेको बताइएको छ ।