राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नं.३ का प्रणिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भइसकेकाले आजबाट संसदीय काम कारबाहीमा सहभागी पनि नहुने र सांसदको तलव , भत्ता लगायतका सुबीधा नलिने घोषणा गर्ंनु भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताउदै चुनाव पछि निर्माण हुने प्रतिनिधि सभामा आफू मात्रै एक्लै होइन पार्टीको शक्तिका साथ उपस्थित भएर विकृति विरुद्ध संघर्ष गर्ने आफ्नो दलको योजना रहेको बताउनुभयो ।
प्रतिनिधि सभाको समयाबधि बढाउने विषयको सरकारद्वारा प्रस्तुत विद्येयक माथि प्रतिनिधि सभामा छलफल चलिरहदा अध्यक्ष लिङ्देनको सांसदको रुपमा काम कारबाही नगर्ने घोषणालाई विशेष अर्थको रुपमा लिइएको छ । उक्त विधेयक माथि सत्ता गठबन्धनमा रहेका दलका सांसदले समर्थन गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले भने त्यसको विरोध गरेका छन् ।