२०७४ सालमा झैं ७ मध्ये ६ प्रदेशमा एमाले-माके र मधेश प्रदेशमा जसपाका मुख्यमन्त्री बने

२०७४ सालमा झैं यस पटक पनि ७ मध्ये ६ प्रदेशमा एमाले-माकेका नेता र मधेस प्रदेशमा जसपाका नेता मुख्यमन्त्री बनेका छन् । यस पटक १ नं. प्रदेश , गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशमा नेकपा (एमाले) र बागमती प्रदेश र कर्णाली प्रदेशमा नेकपा (माके)का नेताको नेतृत्वमा र मधेश प्रदेशमा जसपाका नेताको नेतृत्वमा सत्ता गठबन्धनमा आवद्ध दल सहभागी भएर सरकार बन्ने क्रम जारी छ । जस अनुसार १ नं. प्रदेशमा नेकपा (एमाले)का नेता हिक्मत कार्की , मधेश प्रदेशमा जसपाका नेता सरोज यादव , बागमती प्रदेशमा नेकपा (माके)का नेता शालिकराम जम्मरकट्टेल, गण्डकी प्रदेशमा नेकपा (एमाले)का नेता खगराज अधिकारी , लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का नेता लीला गिरी , कर्णाली प्रदेशमा नेकपा (माके)का नेता राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)का राजेन्द्र रावलले मुख्यमन्त्री बन्नुभएको छ । ती प्रदेश सभाका सभामुख र उप-सभामुख तथा प्रदेश प्रमुखमा भने सत्ता गठबन्धनका दलहरु बीच भागबण्डा हुने जनाइएको छ ।

२०७४ सालमा नेकपा (एमाले) र नेकपा (माके) बीच गठबन्धन भई १ नं. प्रदेश , बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का नेताहरु क्रमश: शेरधन राई , डोरमणि पौडेल , पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो भने कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा नेकपा (माके)का नेताहरु क्रमश: महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नुभएको थियो । त्यसबेला मधेश प्रदेशमा भने तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच गठबन्धन भई संघीय समाजवादी पार्टी नेपालका नेता लालबाबु राउत मुख्यमन्त्री बन्नुभएको थियो । २०७४ सालमा मुख्यमन्त्री बनेका मधेश प्रदेश लालबाबु राउत र सुदूरपश्चिम प्रदेशका त्रिलोचन भट्टले मात्रै ५ वर्ष मुख्यमन्त्री बनेर कार्य गर्न पाउनुभयो तर केन्द्रीय राजनीतिमा भएको फेरबदलले ती दुई प्रदेशका मुख्यमन्त्रीले आफ्नो नेतृत्वको प्रदेश मन्त्रीपरिषद फेरबदल गर्नु भएको थियो । बाँकी ५ प्रदेशका मुख्यमन्त्री भने बदलिएका थिए । यो बीचमा १ नं. प्रदेश र बागमती प्रदेशले ३/३ र गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशले २/२ मुख्यमन्त्री पाए । यही बीचमा १ नं प्रदेशमा नेकपा (एमाले)का शेरधन राई र भीम आचार्य तथा नेकपा (एस)का राजेन्द्र राई मुख्यमन्त्री बन्नुभयो । यस्तै बागमती प्रदेशमा नेकपा (एमाले)का डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य तथा नेकपा (एस)का राजेन्द्र पाण्डे मुख्मन्त्री बन्नुभयो । यसैगरी गण्डकी प्रदेशमा नेकपा (एमाले)का पृथ्वी सुब्बा गुरुङ र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल , लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का शंकर पोखरेल र नेकपा (माके)का कुलप्रसाद के.सी तथा कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही मुख्यमन्त्री बन्नुभयो ।

२०७४ सालदेखि २०७९ साल बीचमा मुखृयमन्त्री बनेका नेकपा (एमाले)का नेताद्वय पृथ्वी सुब्बा गुरुङ- लमजुङ र भीम आचार्य- सुनसरी क्षेत्र नं.२ , नेकपा (माके)का नेता महेन्द्रबहादुर शाही-कालीकोट र नेकपा (एस)का नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नं.१ज्ञबाट २०७९ मंसिर गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।

१ नं. प्रदेशका मुख्यमन्त्री कार्कीले पुस २९ गते र बागमतीक्षप्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिने

सत्ता गठबन्धन दलको समर्थनमा १ नं. प्रदेशको मुख्यमन्त्री बनेका हिक्मत कार्कीले यही पुस २९ गते शुक्रबार १ नं. प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले पनि आउदो माघ ३ गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ ।

Leave a Reply