राष्ट्रपति भण्डारीद्वारा पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन २०७९ पुस २५ गते दिनको १ बजे आह्वान गर्नु भएको जनाइएको छ । सो दिन संघीय संसदका दुबै सदनको पहिलो बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

यही अधिवेशनबाट प्रतिनिधि सभाको सभामुख र उप-सभामुख पदको चयन हुनेछन् । दलहरु बीच सहमती भए प्रतिनिधि सभाको पहिलो बैठकबाट सभामुख र उप-सभामुख चयनको लागि निर्वाचनको मिति तय हुने र यदी दलहरु बीच सहमती हुन नसके प्रतिनिधि सभाको बैठकले अवस्था हेरेर सभामुख र उप-सभामुख चयनको मिति तय गर्ने जनाइएको छ ।

नयाँ सरकार गठन गरेका ७ दलीय गठबन्धन भित्रैबाट राष्ट्रपति, उप-राष्ट्रपति , सभामुख, उप-सभामुख , प्रदेशका मुख्यमन्त्री, प्रदेश सभामुख र लगायतका पदको निर्वाचनको लागि आवश्यक मत रहेपनि उनीहरुले ती पदको भागबण्डा गरी सकेका छैनन् तर निर्वाचन आयोगले भने माघ भित्रैमा राष्ट्रपति र उप-राष्ट्रपति पदको निर्वाचन गरी सक्नु पर्ने भएकोले पुसको अन्तिम सातादेखि राष्ट्रपति र उप-राष्ट्रपति पदको निर्वाचन प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

यता लामो समयदेखि रिक्त रहेको उपाध्यक्षको चयन हुनु पर्ने आवाज पनि उठिरहेको छ । नेकपा (माके)को तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्ष बनेकी शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको पदाबधि सकिएसँगै सो लामो समयदेखि रिक्त छ ।

Leave a Reply