आईतबार ७ दलका १६६ र ३ स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा जुटाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त हुनुभएका नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले ३ जना उप-प्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रीपरिषद गठन गर्नु भएको छ । राष्ट्रपति भण्डारीले उप-प्रधानमन्त्रीत्रय विष्णु पौडेल , नारायणकाजी श्रेष्ठ र रवि लामिछाने तथा मन्त्रीहरु दामोदर भण्डारी , ज्वालाकुमारी साह , अब्दुल खान र राजेन्द्रकुमार राईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । सो उप-राष्ट्रफति नन्दबहादुर पुन, समारोहमा भूतपूर्व प्रधानमन्त्रीहरु, मन्त्री परिषदका अध्यक्ष , पूर्व सभामुखहरु लगायतका विशिष्ट व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।
राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै नवनियुक्त प्रधानमन्त्री , उप-प्रधानमन्त्री र मन्त्रीहरुले आ-आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
उप-प्रधानमन्त्रीमा नियुक्त नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अर्थ , नेकपा (माके)का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । नेकपा (एमाले)ले विष्णु पौडेलको नेतृत्वमा दामोदर भण्डारी , ज्वालाकुमारी साह र राजेन्द्रकुमार राईलाई हरकारमा पठाएको छ भने जनमत पार्टीले अब्दुल खानलाई सरकारमा पठाएको छ तर उप-प्रधानमन्त्री बाहेकका मन्त्रीहरुको कार्यभार निर्धारण हुन बाँकी छ ।
प्रचण्ड नेतृत्वको नयाँ नेपाल सरकारलाई समर्थन गरेका राप्रपा र नाउपाले सरकारमा नजाने निर्णय गरेका छन् भने जसपाले पनि सरकारमा जाने बारेमा औपचारिक निर्णय गरेको छैन ।