राष्ट्रिय सहकारी बैंक लि.को ७ पदको चुनावको नतिजा सार्वजनिक , पराजुली र मानन्धरलाई बढी मत

राष्ट्रिय सहकारी बैंक लि. ४ खुल्ला सञ्चालक , १ कर्णाली प्रदेश तर्फको सञ्चालक र लेखा सुपरीवेक्षण समितिका २ सदस्य पदका लागि शनिबार सम्पन्न चुनावको नतिजा सार्वजनिक भएको छ । जस अनुसार खुलातर्फको ४ सञ्चालक पदमा केदार मानन्धर, मनोजकुमार थापा मगर, ध्रुबराज बिष्ट र माधवलाल देवकोटा विजयी हुनुभएको छ । त्यस्तै उक्त बैंकको कर्णाली प्रदेशतर्फको सञ्चालक पदमा कालीबहादुर महतारा विजयी हुनुभएको छ । यसैगरी लेखा सुपरीवेक्षण समिति सदस्यमा खुल्लातर्फ केशवप्रसाद सापकोटा र महिलातर्फ चन्द्रकुमारी पराजुली विजयी हुनुभएको छ तर यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यस अघि नै सो बैंकको अध्यक्षमा के.बी. उप्रेती तथा १ नं. प्रदेशतर्फबाटको सञ्चालकमा महेन्द्रकुमार गिरी , मधेश प्रदेशतर्फको सञ्चालकमा विश्वनाथ मण्डल , बागमती प्रदेशतर्फको सञ्चालकमा रामहरि बजगाईँ , गण्डकी प्रदेशतर्फकै सञ्चालकमा रामबहादुर जी.सी. , लुम्बिनी प्रदेशतर्फको सञ्चालकमा विजया धिताल , सुदूरपश्चिम प्रदेशतर्फको सञ्चालकमा शिवा थापा , महिलातर्फको सञ्चालकमा अमृता सुब्बा , तारा गुरुङ र पार्वती थापा तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद उप्रेती निर्विरोध चयन हुनुभएको थियो । सो बैंकको खुल्ला तर्फको ४ र कर्णाली प्रदेशको तर्फबाट १ गरी ५ सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको खुल्लातर्फको १ र महिलातर्फको १ गरी २ सदस्य पदमा सर्वसम्मत हुन नसकेपछि ती पदमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । खुल्लातर्फको ४ सञ्चालक पदका १६ जना उम्मेद्वारमध्येका भरतप्रसाद दुवाडीले यही पुस १४ गते आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो तर निर्वाचन समितिले तय गरेको उम्मेद्वारी फिर्ता लिने समय सकिएकोले उहाँको उम्मेद्वारी कायम रहेको थियो ।

हिजो नै राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभाको सातवटै प्रदेशमा एकाई भेला सम्पन्न भ एका थिए । ती भेलाबाट छनौट भएका प्रतिनिधिहरु सहितको उपस्थितिमा भोलि सो साधारण सभाको समापन कार्यक्रम हुने छ । त्यस कार्यक्रममा ४ वर्षे कार्यकालका लागि नव निर्वाचित राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु तथा लेख सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरुको स्वागत तथा पदबधि सकिएका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका सदस्यको बिदाई गरिने त्यसै बैंकका अध्यक्ष के.बी.उप्रेतीले बताउनुभएको छ । लुम्बिनी र सुदूरफश्चिमतर्फको सञ्चालक पद महिलाका लागि सुरक्षित गरी राष्ट्रिय सहकारी बैंक लि.मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्थाको अभ्यास गरिएको उहाँको भनाई छ ।

भोलि काठमाडौंमा हुने उक्त बैंकको १९औं वार्षिक साधारण सभाको समापन कार्यक्रममा निर्वाचन समितिले सो बैंकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई विजयी प्रमाण-पत्र प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आफ्नो १९औं बार्षिक साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि.द्वारा बिभिन्न व्यक्ति तथा संघ/संस्थालाई पुरस्कार प्रदान गर्ने घोषणा

राष्ट्रिय सहकारी बैंक लि.ले आफ्नो १९औं वार्षिक साधारण सभाको अवसरमा बिभिन्न व्यक्त तथा सहकारी संघ/संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । यी पुरस्कारहरुमध्ये राष्ट्रिय र प्रदेश स्तरका पुरस्कार सो बैंकको स्थापना दिवसको अवसरमा र शाखास्तरका पुरस्कार सम्बन्धित शाखाको कार्यक्रमको अवसयमा प्रदान गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *