रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा

रुपन्देहीको बुटवलको सुप्रिम सहकारी संस्था ठगी गरेको अभिय‍ोगमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतबाट कानुनी प्रक्रिया पूरा गरी भैरहवा कारागार चलान गरिएको छ । उनलाई उक्त कारागारक‍ो ४ नं. ब्लकमा एक्लै राखिएको र अर्को आदेश नहुदासम्म उनी त्यहीं रहने जनाइएको छ ।

बुटवलको सुप्रिम सहकारी संस्था ठगी गरेको अभियोगमा उनी विरुद्ध रुपन्देही जिल्ला अदालतमा चलिरहेको मुद्धामा धरौटी बुझाई कारागार बाहिर बसेर मुद्धा लड्ने सक्ने भनी यस अघि रुपन्देही जिल्ला अदालतले गरेको निर्णय रद्ध गरी उनले कारागारमा बसेर सो मुद्धा लड्न सक्ने आदेश राप्ती उच्च अदालतको बुटवल इजलासले गत शुक्रबार अपरान्ह गरे लगत्तै सोही दिन साझ आफ्नै निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो तर काठमाडौंबाट भैरहवामा भने गत शनिबार विहान मात्रै लगेको थियो ।

यता रास्वपाका नेता कार्यकर्ताहरु भने आफ्नो पार्टीका सभापति रवि लामिछानेेलाई कानुनी प्रक्रिया पूरा नगरी प्रहरीले पक्राउ गरेको र उनलाई पक्राउ गर्न गएको प्रहरीले तपाईको अन्तिम इच्छा के छ भनेर सोध्ने जस्ता कार्य गरेरसभापति लामिछानेको मानव अधिकार हनन् गरेको भन्दै न्यायका लागि राष्ट्रिय मानव अधिकार आय‍ोग जाने बताइएको छ ।

सभापति लामिछाने पक्राउ परेसँगै रास्वपाको कार्यबाहक सभापति जिम्मेवारी उपसभापति डोलप्रसाद अर्यालले सम्हालेका छन् । पक्राउ पर्नु ५ दिन अघि मात्र लामिछानेले रास्वपाको सभापतिको जिम्मेवारी सम्हालेका थिए । उनको सांसद पद पनि निलम्बनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *