काठमाडौं महानगरपालिका -६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यही पुस २३ गते शनिबार लक्ष्मी बानिया कार्की क्षेत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरी सम्पन्न भएको छ । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा विशाल श्रेष्ठ , सचिवमा महेश गिरी , कोषाध्यक्षमा राजेश गिरी र सदस्यमा अर्जुनप्रसाद घिमिरे , तेली कुमारी र मानबहादुर बस्नेत हुनुहुन्छ । यसैगरी साधारण सभाबाट पुण्य लोचन आचार्य संयोजक तथा संजिव श्रेष्ठ र पूर्णप्रसाद मैनाली सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सोही संस्थाका सञ्चालक समितिका नि:बर्तमान अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठ लगायतले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई कार्यकाल सफलताको कामना सहित बधाई ज्ञापन गर्नुभयो ।

साधारण सभाले त्यस संस्थाको आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको बार्षिक प्रगति प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा संस्थाको आर्थिक वर्ष २०७९/०८०को नीति , कार्यक्रम र कार्योजना सर्वसम्मतिबाट पारित गरेको छ । ती प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा त्यस संस्थामा शेयर सदस्य संख्या ४७८ , शेयर पूँजी रु.१,१६,३१,४००, निक्षेप संकलन रु.४,०४,२१,९३३.९४, कर्जा लगानी रु.३,८६,४१,२२९.४५ र कुल कारोबार रु.६,०८,०७,१५७ रहेको र आर्थिक वर्ष २०७९/०८० मा शेयर पूँजी रु.१,३०,००,०००, निक्षेप रु.६,००,००,००० र कर्जा लगानी रु.५,००,००,००० पु-याउने लक्ष्य रहेको उल्लेख छ ।
यही पुस २१ गतेदेखि शुरु भएको त्यस साधारण सभाको यही पुस २२ गते शुक्रबार बन्द-सत्र र पुस २३ गते शनिबार ललितपुरको गोदाबारीमा बनभोज कार्यक्रम सम्पन्न भएको थियो ।
साधारण सभामा काठमाडौं महानगरपालिका वडा नं.६ का वडाध्यक्ष भुवन लामाले शुभकामना व्यक्त गर्दै सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गर्दै सो संस्था राम्रो सँग अगाडि बढेको देख्ता खुशी लागेको बताउदै त्यस संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।






