ललितपुर जिल्ला बचत संघको आयोजनामा साकोस कोषाध्यक्ष ग‍ोष्ठी-२०८१ को उद्घाटन कार्यक्रम सम्पन्न

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा आज काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित मिरावल रिर्सोट एण्ड होटलमा आवासीय २ दिवसीय साकोस कोषाध्यक्ष गोष्ठी-२०८१ को उद्घाटन कार्यक्रम सम्पन् भयो । भोलिसम्म सञ्चालन हुने सो गोष्ठी को उद्घाटन बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री बज्राचार्यले बागमती प्रदेश सरकारले सहकारीको विकास र प्रवर्द्धनका लागि निर्माण गरेक‍ो योजना र कार्यक्रमबारे प्रकाश पार्नुभयो । गोष्ठीमा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि., नेपालकी अध्यक्ष ओमदेवी मल्लले नेपालको सहकारी अभियानको अवस्था , राष्ट्रिय सहकारी महासंघ लि., नेपालको गतिविधिबारे चर्चा गर्नुभयो । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईंले सो कार्यक्रमको अध्यक्षता गर्दै सो गोष्ठीको उद्देश्यको बारेमा प्रकाश पार्नुभयो । पूर्व अर्थ मन्त्री डा.युवराज खतिवडा र राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष कृष्णबहादुर उप्रेती विशेष अतिथि रहनुभएको उक्त गोष्ठीमा बागमती प्र‍‍ोक्सूनकी उपाध्यक्ष तथा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कल्पना श्रेष्ठ, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायस्थ, नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखाका सल्लाहाकार नवराज बजगाईंँ, शंखधर स्वाख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । गोष्ठीमा विश्व अर्थ ब्यबस्थाको चित्रण /सहकारीमा पारेको प्रभाव र समाधान विषयमा पूर्व अर्थ मन्त्री तथा डा. खतिवडा लगायतका विद्वानहरुले प्रस्तुतिकरण गरिरहनुभएको बताइएको छ । अन्तर्क्रिया सहितको गोष्ठीमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सदस्य रहेका ४८२ वटा साकोसमध्ये १०० वटा साकोसका कोषाध्यक्षहरु सहितको सहभागिता रहृको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *