ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ३०औं वार्षिक साधारण सभा २०८१ कार्तिक २५ गते शनिबार ललितपुरमा सम्पन्न भयो । उक्त संघका अध्यक्ष रामहरि बजगाईँको अध्यक्षतामा सम्पन्न साधारण सभाको भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले
पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले ‘सहकारी क्षेत्रमा देखिएका समस्या निवारण गर्न सरकार लागिरहेको छ र सहकारी संघ/संस्थाहरुले पनि जिम्मेवार भएर काम गर्नुपर्छ’, भन्नुभयो ।
त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका बरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का पूर्व अध्यक्ष रमेशप्रसाद पोखरेलले यो साधारण सभामा प्रस्तुत भएका ३ वटा प्रतिवेदनले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. उत्कृष्ट संघ भएको देखिएको बताउनुभयो । उहाँले ‘केही खराब व्यक्तिहरु सहकारीमा छिरेर गरेको बद्मासीले गर्दा सहकारी क्षेत्रमा समस्या देखिएको र सहकारीका समस्या समाधानको निम्ति राष्ट्रिय सहकारी महासंघ लागिरहेको छ’, भन्नुभयो ।
यस्तै सहकारी विभागका उप-रजिष्टार शशिकुमार लम्सालले सहकारीमा कानूनको पालनामा ध्यान नदिदा र कोरोनापछि उत्पन्न आर्थिक मन्दीले गर्दा ऋणीले समयमा ऋण तिर्न नसक्ताखेरी सहकारी संस्थाहरु समस्यामा परे, सहकारी संस्था समस्यामा पर्दा सञ्चालकहरु समस्यामा परेको भन्दै सहकारीमा कानून पालनामा ध्यान दिई आफ्नो संस्था बलियो बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी नेफ्स्कूनका अध्यक्ष
चन्द्रप्रसाद ढकालले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. राम्रो संघ भएर नै पुरस्कृत भएको बताउनुभयो । उहाँले ‘सबै सहकारी संस्थालाई एउटै डालोमा हाल्नु राम्रो होइन, गुणस्तर र कारोबारको आधारमा सरकारले सहकारी संस्थाहरुको गुणस्तर बर्गिकरण गर्नुपर्छ’, भन्नुभयो ।
त्यसै अवसरमा गृह मन्त्रालयका उप-सचिव बद्री तिवारीले सहकारीमा देखिएका समस्या निवारण गरि सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गर्न राज्य र सहकारी अभियान जिम्मेवार बन्नु पर्ने बताउनुभयो । सहकारीमा ऋण प्रवाहमा राम्रोसँग ध्यान दिन नसक्ता र सञ्चालक समिति र लेखा समिति जिम्मेवार बन्न नसक्ता सहकारीमा समस्या उत्पन्न भएको विचार व्यक्त गर्नुभयो ।
साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक विजया धिताल र बागमती प्रदेश सहकारी संंघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेले आ-आफ्नो विचार व्यक्त गर्दै सहकारीको विकास र प्रवर्द्धन गर्नु पर्नेमा जोड दिनुभयो ।
साधारण सभामा सोही संघका अध्यक्ष
बजगाईँले संघको सञ्चालक समितिको आ.व.२०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘सम्बृद्ध साकोस दिगो संघ’को परिकल्पना(vision) लिएर अगाडि बढिरहेको यस संघले आफ्ना सदस्य संस्थाहरुको क्षमता विकासका साथै आवश्यक वित्तीय पहुँचका लागि अगाडि बढिरहेको बताउनुभयो । सो संघको गतिविधि र भावी कार्यक्रमबारे प्रकाश पार्दै उहाँले सरोकारवालाहरुको सहभागितामा तत्काल सहकारी ऐन ,२०७४ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायधीकरण गठन तथा बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्नु पर्नेमा जोड दिनुभयो ।
साधारण सभामा त्यसै संघका लेखा सुपरीवेक्षण समिति संयोजक कान्छा बज्राचार्यले संघको आ.व.२०८०/०८१ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष वसन्त मालीले संघको आ.व.२०८०/०८१ को आर्थिक प्रतिवेदन र आ.व.२०८१/०८२ को अनुमानित वार्षिक बजेट प्रस्तुत गर्नुभयो । सदस्यहरुलाई १० प्रतिशत बोनस वितरण गर्ने प्रस्तनव सहित साधारण सभाले ती प्रतिवेदनहरु पारित ग-यो ।
त्यसै संस्थाका बरिष्ठ उपाध्यक्ष करुणा रत्न बज्राचार्यले स्वागत मन्तव्य, महिला उपाध्यक्ष लक्ष्मी शाक्यले धन्यबाद ज्ञापन र सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गर्नुभएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल, सहकारी विभागका उप-रजिष्टार शशिकुमार लम्साल , गृह मन्त्रालयका उप-सचिव बद्री तिवारीका साथै २०८१ असोज १ गते सम्पन्न बागमती प्रदेश सहकारी संघ लि.को चौथो वार्षिक साधारण सभाबाट निर्वाचित उक्त संघको सञ्चालक समितिका अध्यक्ष रामशरण शर्मा घिमिरे, बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, महिला उपाध्यक्ष कल्पना रिमाल , महासचिव नेत्र पौडेल , सचिव देवराज न्यौपाने, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ र सदस्यहरु कृष्णप्रसाद तिमल्सिना , मन्दु थापा, बेदुकाजी घिमिरे , कृष्णप्रसाद सुबेदी, रामराज पौडेल, रामहरि न्यौपाने ध्रुबराज मिश्र, रमेशकुमार कार्की र कल्पना श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समितिका संयोजक विकल्प पाठक , सदस्यहरु सिद्धिकुमार मानन्धर र श्रृजना शर्मा चुडाललाई सम्मान गरियो । यस्तै साधारण सभामा २०८१ कार्तिक २३ गते सम्पन्न बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को चौथो वार्षिक साधारण सभाबाट निर्वाचित सो संघको सञ्चालक समितिका अध्यक्ष उद्धव सापकोटा, बरिष्ठ उपाध्यक्ष जीवसराज खड्का , महिला उपाध्यक्ष कल्पना श्रेष्ठ, महासचिव गोविन्दप्रसाद काफ्ले , सचिव ठाकुरप्रसाद बास्कोटा, कोषाध्यक्ष प्रदीप थापा र सदस्यहरु लेमन श्रेष्ठ, कृष्णगोविन्द लाखाजू, विकास बादे, हरिशचन्द्र सुवेदी, नवराज शर्मा, निर्मला धिताल, जगन्नाथ दाहाल, कृष्णहरि कोइराला, हेमबहादुर कार्की, भवानी देवी अधिकारी र शान्तलक्ष्मी खड्गी तथा लेखा सुपरीवेक्षण समितिका संयोजक देवप्रसाद त्रिपाटी , सदस्यहरु कमला खनाल बोगटी र सरस्वती कतिलालाई सम्मान गरियो । यस्तैगरी सााधारण सभामा शेयर सदस्य संख्या १,२०० ,शेयर पूँजी रु.१,९२,९९,२००, जगेडा तथा अन्य कोष रु.६,०६,४९,४९,३०० र कूल वासालात रु.१६,१२,०४,७९३ रहको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि. भोलगणेश तथा शेयर सदस्य संख्या ३,०६८, शेयर पूँजी रु.१,६५,९६,६००, जगेडा तथा अन्य कोष रु.१,८९,३१,६५० र कूल वासालात रु.१६,११,६६,३११ रहेको ठेचो महिला बचत तथा ऋण सहकारी संस्था लि.ठेचोलाई उत्कृष्ट संस्था पुरस्कारबाट सम्मान गरियो भने शेयर सदस्य संख्या ६३२ , शेयर पूँजी रु.१,६५,९६,६०० , जगेडा तथा अन्य कोष रु.१,८९३१,६५० र कूल वासालात रु.१४,८२,७३,६९४ रहेको गन्तव बचत तथा ऋण सहकारी संस्था लि. ताल्छिखेल तथा शेयर सदस्य संख्या २,६००, शेयर पूँजी रु.४,४०,७२,२००, जगेडा तथा अन्य कोष रु.१,४३,१९,८३४ र कूल वासालात रु.३४,२७,७९,०३७ रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि. ताल्छिखेललाई उत्कृष्ट कारोकार गरेका बापत उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मान गरियो ।
त्यसैगरी साधारण सभामा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का पूर्व सचिव कुमार खत्रीलाई रु.५,५५५ रुपैया नगद सहित पूर्व सञ्चालक सम्मान , व्यवस्थापक सन्तोष बजगाईँलाई रु.१०,००० नगद सहित कर्मचारी सम्मान र नेपालपत्रका सम्पादक माधव खड्कालाई रु.५,५५५ नगद सहित पत्रकार सम्मान गरियो ।
त्यस अवसरमा साधारण सभाका अध्यक्ष बजगाईँले प्रमुख अतिथि रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारी तथा विशिष्ट अतिथिहरु रमेशप्रसाद पोखरेल, चन्द्रप्रसाद ढकाल, हशिकुमार लम्साल र बद्री थिवारीका साथै अतिथि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का पूर्व अध्यक्ष रामशरण घिमिरे लगायतलाई मायाको चिनो प्रदान गर्नुभयो ।
साधारण सभाको झलक