ललितपुर महानगरपालिकाको २०७९ मंसिर ४ गतेसम्म साधारण सभा नगर्न सहकारी संस्थाहरुलाई निर्देशन

ललितपुर महानगरपालिका , सहकारी शाखाले २०७९ मंसिर ४ गतेसम्म वार्षिक साधारण सभा नगर्न आफ्नो नियमन क्षेत्र भित्रका सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । उक्त शाखाद्वारा जारी सूचनामा सो विषय उल्लेख छ । यही कार्तिक २१ गते बागमती प्रदेश सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले पनि बागमती प्रदेश भित्रका कतिपय सहकारी संघ/संस्थाले आफ्नो साधारण सभामा जनप्रतिनिधि तथा प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेद्वार बोलाएको बुझिन आएको र त्यसले निर्वाचन आचार संहिता उलंघन हुने भन्दै आउदो मंसिर ४ गतेसम्म बागमती प्रदेश भित्रका सहकारी संघ/संस्थाहरुलाई आफ्नो वार्षिक साधारण सभा नगर्न निर्देशन दिएको थियो ।

Leave a Reply