लागू होला त द‍ोश्रो काठमाडौं साकोस समिट-२०८० को ९ बुँदे प्रतिबद्धता !

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.को आयोजनामा यही माघ ११ गते दोश्र‍ो काठमाडौं साकोस समिट-२०८० सम्पन्न भयो । कास्कूनका अध्यक्ष दीपक पनेरूको अध्यक्षतामा काठमाडौंमा सम्पन्न समिटमन भूमि व्यवस्था , सहकारी तथा गरिब निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरे , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली , नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, लगायतले आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो । कास्कूनका व्यवस्थापक अरुण तिवारीले संयोजनकारी भूमिका निर्वाह गर्नुभएको त्यस समिटले ९ बुँदे प्रतिबद्धता पारित गरेको छ । सो प्रतिबद्धता अक्षरश: कार्यान्वयन हुनेमा भने कतिपयले आशंका गरेको देखिएको छ तर यो प्रतिबद्धता कार्यान्वयन हुुनु पर्ने सहकारी क्षेत्रमा आवाज उठिरहेको छ । कास्कूनका अध्यक्ष पनेरूले यो ९ बुँदे प्रतिबद्धता कार्यान्वयन हुने बताउनुभएको छ ।


Leave a Reply