लोकेश्वर साकोसको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न


भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८१ जेष्ठ ३० गते सिथि नखःको अवसर पारेर भक्तपुर नगरको सम्पदाका रुपमा रहेको कालदह (कालीदह) सरसफाई कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष राजन जतिले उक्त सरसफाई कार्यक्रममा बोल्दैे सहकारी संस्था समुदायमा आधारित हुने भएकोले वित्तीय कारोबारमा मात्र सिमित नभई सामाजिक उत्तरदायित्व बहन हुने किसिमका कार्यहरु पनि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाको एक सहकारी- एक सम्पदा अन्तर्गत लोकेश्वर साकोसले बार्षिक रुपमा विभिन्न सम्पदास्थलहरुको सरसफाई गर्दै आएको र आज पनि सिथि नखःको अवसर पारेर सरसफाई कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । सामाजिक संघ, संस्था तथा विद्यालयहरुले पनि यस प्रकारको सरसफाई कार्यलाई निरन्तर गर्दै जानु पर्ने बताउदै उहाँले यो सरसफाई कार्यक्रम सफल पार्न पाल्नुहुने सबैमा धन्यबाद ज्ञापन गर्नुभयो ।
सो संस्थाका विभिन्न समिति र उप-समितिहरुका पदाधिकारी र सदस्यहरु तथा कर्मचारीका साथै स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको उक्त सरसफाई कार्यक्रममा सोही संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले पनि विचार व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *