भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप-समितिको आयोजनामा एक हप्ते समाचार लेखन तालिम २०८१ श्रावण १९ गते शनिबार इताछें, भक्तपुरमा सम्पन्न भयो । तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा सो तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष एवं समाजसेवी रविन्द्र खर्बुजाले प्रमाणपत्र प्रदान गर्नुभयो । उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै उहाँले तालिमबाट सिकेको सीपलाई आफुसँग मात्र सिमित नाराखी निरन्तर रुपमा उपयोग गर्दै जानुपर्ने बताउनुभयो । विभिन्न लेख र समाचाहरु लेख्दा सम्बन्धित विषयको बारेमा अध्ययन गरी सत्य तथ्य कुरा मात्र समाचारको रुपमा लेख्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले समसामयीक विषयमा पत्रपत्रिकामा आएका लेखहरुबारे चर्चा गर्दै हाल १२ कक्षा उत्तीर्ण गरसँगै विदेशिने प्रबृति बढ्ढै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा सोही संस्थाका अध्यक्ष राजन जतिले हाम्रो यस संस्थाले स्थापनाकालदेखि विभिन्न तालिमहरु सञ्चालन गरी सदस्यहरुलाई शिक्षा दिदै आएको बताउनुभयो । समुदायमा आधारित सहकारीहरुले समाजलाई नै अगाडि बढाउने किसिमको कार्यक्रम गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेको सहकारी संस्थाहरुको अवस्थालाई औल्यांउदै उहाँले ब्याजको लोभमा जथाभावी सहकारीहरुमा बचत जम्मा गर्दा सर्वसाधारणको मात्र नभइ सहकारी सञ्चालकको समेत बचत रकम फिर्ता नपाएको कुरा बताउनुभयो । सोही अवसरमा तालिमका प्रशिक्षक कृष्णराम किसीले कार्यक्रममा बोल्दै सत्यतथ्य र राम्रो समाचार लेख्न सकेमा समाजले पनि आफुलाई चिन्ने कुरा बताउदैै प्रचार प्रसारको महत्वकोबारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा उक्त संस्थाको शिक्षा तथा बचत उप-समितिका संयोजक एवं कार्यक्रमका अध्यक्ष कृष्णराम तुकंबञ्जारले यो तालिमको प्रशिक्षार्थीले संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरु र आफु सम्लग्न रहेको संघ संस्थाको समाचारहरु लेख्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रशिक्षार्थीहरुको तर्फबाट तुल्सीलक्ष्मी दुमरुले तालिमको आफ्नो अनुभव बताउनुभयो । कार्यक्रम सो संस्थाको शिक्षा तथा बचत उप-समितिका सदस्य सजिव मानन्धरले सञ्चालन गर्नु भएको थियो भने तालिममा १४ जनाको प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रम झलक