लोहकिल्थली माता साकोसमा बचतमा ४३ प्रतिशत तरलता

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.मा बचतमा ४३ प्रतिशत तरलता रहेको सोही संस्थाका प्रबन्धक करन द्वारेले बताउनुभएको छ । ‘स्थानीय सामुदायमा आधारित रही सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरेर सञ्चालन भइरहेकोले हाम्रो यो संस्थाको अवस्था राम्रो छ’, उहाँको भनाइ छ । मध्यपुरथिमि नगरपालिकाभर सो संस्थाको कार्यक्षेत्र रहेको बताइएको छ ।

अलगपथसँगको भेटमा प्रबन्धक द्वारेले सहकारी क्षेत्रमा आवद्ध सदस्यहरुलाई व्याजको लोभमा परेर आफूले राम्रोसँग थाहा नपाएका सञ्चालकहरुले सञ्चालन गरेका कुनै पनि सहकारी संस्थामा कारोबार नगर्न अनुरोध गर्नुभयो । उहाँले राज्य र सहकारी अभियानले आफूले गर्नु पर्ने कर्तव् पूरा गर्नु परो, जसले गर्दा सहकारीमा समस्या आउने सम्भावना न्यून हुने विचार व्यक्त गर्नुभयो । राज्यका नियामक निकायले सहकारी संघ/संस्थाहरुको राम्रोसँग अनुगमन गरेमा तिनीहरु कुन अवस्थामा चलेका छन् भन्ने थाहा हुन्छ र तिनीहरुमा सदस्यहरुको बचत सुरक्षित हुन सक्छ भन्दै उहाँले ‘राज्यले राम्रो गर्नेलाई पुरस्कार र खराब कार्य गर्नेलाई दण्ड दिने व्यवस्था गर्नुपर्छ, जसल गर्दा सहकारीमा राम्र‍ो परम्पराको विकास हुन सक्छ’,भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *