२०८१ जेष्ठ १८ गते शक्रबार काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक सदस्यहरुको वार्षिक भेला , लघु (सुक्ष्म) बचत तथा कर्जा परियोजना र शिक्षा कार्यक्रम, २०८१ सम्पन्न भयो । सो कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका संस्थापक सदस्य तथा बर्तमान अध्यक्ष
मुकुन्दराज खनालले “यस संस्थाका संस्थापक सदस्यहरु संस्थाका मेरुदण्ड हुन् र संस्थापकहरुको अमुल्य योगदानले नै हाम्रो यो संस्था आजको यो अवस्थामा पुगेको हो”, भन्नुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सहकारी विज्ञ तथा सो संंस्थाका प्रबन्ध निर्देशक डा.देशमर्दन बस्न्यातले हाम्रो यस संस्थालाई बलियो बनाउनलाई लघुवित्त कर्जा परियोजनाको आयोजना गर्दै विभिन्न समूूह गठन गरेर सबैको हक हितका लागि सुलभ कर्जा लगानी गर्ने बताउनुभयो ।
कार्यक्रम सञ्चालन गर्दै त्यसै संस्थाकी संस्थापक सदस्य तथा बर्तमान सञ्चालक एवं ऋण उप-समिति संयोजक शान्ता गौतमले यस संस्थाका संस्थापक सदस्यहरुलाई प्रत्येक वर्ष भेला गरी उहाँहरुको सल्लाह र सुझाव संंकलन गरेर संस्था सञ्चालनको रणनीति तयार गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि. बालाजु शाखाका व्यवस्थापक विष्णु गिरीले सुक्ष्म बचत तथा ऋण व्यवस्थापनबारे प्रस्तुति गर्नुभयो ।
कार्यक्रममा त्यस संस्थाका सबै संस्थापक सदस्यहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा सस्थाका संस्थापक सदस्यहरुले यो संस्थाले गरेको प्रगति र यसले प्रवाह गरिरहेको सेवाप्रति प्रशन्नता व्यक्त गर्दै संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । साथै उहाँहरुले आगामी दिनहरुमा पनि यो संस्थामा आफ्नो साथ रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम सम्पन्न भएपछि अलगपथसँग कुरा गर्दै सो संस्थाका अध्यक्ष खनालले सहकारीमा देखा परेका समस्याको निवारण गरी सहकारीको विकास र प्रवर्द्धनको लागि वचन बचत तथा ऋण सहकारी संस्था लि.ले निकट भविष्यमा सहकारी सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषको एफओजेड क्लव टिचर्स कमिटी सदस्य समेत रहेका खनालसँग अलगपथका अर्जुन कार्कीले वचन बचत तथा ऋण सहकारी संस्था लि.को गतिविधि र योजना, सहकारीको अवस्था र राष्ट्रिय प्रकृति संरक्षण कोषको गतिविधिबारेमा कुराकानी गर्नुभएको छ । जसको भिडियो तल उल्लेख गरिएको छ ।