शुभश्री साकोसको आयोजनामा विजय उत्सव समारोह तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भएको भक्तपुरको मध्यपुरथिमि नगरपालिकाब्यापी प्रभातफेरी कार्यक्रम-२०८० मा तृतीय पुरस्कार हासिल गर्न सफल भएकोमा विजय उत्सव समारोह तथा २०८१ जेष्ठ २७ र २८ गते सम्पन्न २ दिवसीय झोल साबुन र सरफ बनाउने तालिमको प्रमाण-पत्र वितरण कार्यक्रम २०८१ आषाढ १ गते शनिबार भक्तपुरको शंखधरचोकस्थित यचु पार्टी भेन्युमा सम्पन्न भयो | उक्त कार्यक्रमको सोही संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी

उद्घाटन गर्नुभयो । सो अवसरमा मन्तव्य व्यक्त गर्दै

अध्यक्ष श्रेष्ठले ‘हाम्रो यस संस्थाले ६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भएको मध्यपुरथिमि नगरपालिकाब्यापी प्रभातफेरी कार्यक्रम- २०८० मा तृतीय पुरस्कार हासिल गर्न सफल भएको भन्दै खुशी व्यक्त गरी सो प्रभातफेरी कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दछु’, भन्नुभयो | स्थापनाकालदेखि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको हाम्रो यो संस्थाले यही जेष्ठ २७ र २८ गते सम्पन्न झोल साबुन र सरफ बनाउने तालिम पनि उपलब्धीमूलक र प्रभावकारी रहेको विचार व्यक्त गर्दै यस तालिममा प्रशिक्षार्थीहरुले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभ यो । उहाँले यस तालिममा सहभागी प्रशिक्षार्थीहरुले व्यवसायिक रुपमा समूहबाट झोल साबुन र सरफ बनाउन चाहेमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले साबुन र सरफ बनाउने तालिमका प्रशिक्षकलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गर्नुभयो ।

यसैगरी उहाँ सहितले सो तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो ।

उक्त संंस्थाका उपाध्यक्ष श्याम सुन्दर कायष्ठले स्वागत मन्तव्य, सचिव काशीभक्त कायष्ठले सञ्चालन , कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले धन्यवाद ज्ञापन र सञ्चालक उत्तम श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा साबुन र सरफ बनाउने तालिमकी प्रशिक्षक नानीमैया श्रेष्ठले आफूले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै झोल साबुन तथा सरफको उपयोगिताबारे जानकारी दिनुभयो । बाहिर गएर पैसा कमाउनु मात्र कमाउनु हैन- खर्च हुने पैसालाई जोगाउनु पनि कमाउनु सरह नै हो भन्दै उहाँले सहकारीहरुको यस्तो विषम परिस्थितिमा पनि शुभश्री साकोसले प्राप्त गरेको सफलताको प्रशंशा गरी भाबी दिनमा पनि यो संस्थाको यस्तै सफलताको कामना गर्नुभयो |

कार्यक्रममा साबुन र सरफ बनाउने तालिममा सहभागी प्रशिक्षार्थीहरुले खुशी प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *