काठमाडौं महानगरपालिका-६, महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई व्यवसायिक प्रवर्द्धनका लागि ११.५० प्रतिशत व्याजदरमा २०८० फाल्गुण १० गते बिहीबारबाट स्वरोजगार ऋण प्रवाह शुरु गरेको जनाएको छ । जगेडा कोषलाई थप मजबुत बनाएर सञ्चालन भइरहेको यो संंस्थामा ३१.१३ प्रतिशत तरलता रहेको सोही संस्थाकी अध्यक्ष सीमा पुरीले अलगपथलाई बताउनुभयो ।
२०८० फाल्गुण ११ गतेसम्म यो संस्थामा शेयर सदस्य संख्या १,९२५, शेयर पूँजी रु.१,७०,१३,०००, निक्षेप संकलन रु.९,६२,३२,४५९.८८, कर्जा लगानी रु.८,९१,०९,५१३.९९ , कूल कारोबार रु.१३,३६,८५,४७५.५४ र जगेडा कोषमा रु.१,११,४६,४४७.८४ रहेको त्यसै संंस्थाकी व्यवस्थापक नगिना सिंह भण्डारीको भनाइ छ ।
काठमाडौं महानगरपालिका वडा नं.६ र ७ तथा बुढानिलकण्ठ नगरपालिका वडा नं.१० र १२ मा कार्यक्षेत्र रहेको सो संस्था समुदायमा आधारित रहेर सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०७९/०८० को वित्तीय कारोबारको आधारमा उत्कृष्ट महिला संस्थाको रुपमा यो संस्था बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि.बाट पुरस्कृत भएको थियो । यस क्षेत्रमा आफना शेयर सदस्यहरु बीच उत्कृष्ट कारोबार गरेको भन्दै शान्तिनगर उपभोक्ता समितिबाट यो संस्था आज कदरपत्र सहित पुरस्कृत भएको छ ।