आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ आरम्भ भएको छ । अंग्रैजी नयाँ वर्ष आरम्भको अवसरमा मानिसहरु एक अर्कामा शुभकामना आदानप्रदान गरिरहेका छन् । नयाँ वर्ष आरम्भ भएसँगै बितेको वर्षको समीक्षा गरी यो नयाँ बर्षलाई सुखमय बनाउन र बितेको बर्षको अधुरा काम यो वर्ष पूरा गर्ने बारेमा मानिसहरु योजना बनाइरहेका छन् ।
अंग्रेजी नयाँ वर्ष आरम्भको अवसरमा विभिन्न देशका राष्ट्र प्रमुख , सरकार प्रमुख लगायतले शुभकामना व्यक्त गरेका छन् भने धेरै ठाउँमा नयाँ वर्षको स्वागतमा कार्यहरु भइरहेका छनव ।