कृषि योग्य जग्गा नभेटिएको भन्दै काठमाडौं महानगरपालिकाले जग्गाको कित्ताकाट खुला गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भू-उपयोग कार्यान्वयन समितिको बैठकले काठमाडौं महानगरपालिका भित्र कृषि योग्य जमिन नरहेको निश्कर्ष निकाली काठमाडौं महानगरपालिका भित्र जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको बताइएको छ।
गत जेठमा जग्गाको वर्गिकरण गर्ने भन्दै नेपाल , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट रोकेको थियो , जसले गर्दी सहकारी, बैंक तथा अन्य वित्तीय संस्थालाई समस्या परेको बताइएको छ ।
उक्त मन्त्रालयले जग्गाको कित्ताकाट रोकेपनि कतिपय मानिसहरुले केही मालपोत कार्यालयका कर्मचारीहरुसँगको मिलेमतोमा जग्गाको कित्ताकाट भएको र त्यसबाट ती कर्मचारीहरु मालामाल भएको कतिपय सरोकारकारवालाहरु बताउछन् ।