मतपेटिका साटिन नदिने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसभन्दा अगाडि मतपेटिका साटिने गरेको त रहेछ भन्दै उचित आइडिया पाएमा आफूले मतपेटिका साटिन नदिन जस्तोसुकै कदम चाल्ने बताउनुभएको छ । एक छलफल कार्यक्रममा बोल्दै उहाँले मतदान अधिकृत हुदै प्रमुख निर्वाचन अधिकृत भएर विगत ४० वर्षदेखि आफू सार्वजनिक जिम्मेवारीमा रहेपनि कसरी मतपेटिका साटिन्छ , कसरी मतपेटिका बोकेका ट्रक साटिन्छन् भन्ने बारेमा आफूलाई थाहा नभएको र सायद यो विषय थाहा नपाउदै प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीबाट बाहिरिन्छ होला भन्नुभयो । एउटा निर्वाचन क्षेत्रमा एकै खाले मतपत्र रहने र च्यातिने या नष्ट हुन सक्ने जोखिमका कारण त्यहाँ आवश्यक भन्दा अलि बढी मतपत्र पठाउने गरेको उहाँको भनाई थियो । त्यस अवसरमा निर्वाचन आयोगको आधिकारिक जिम्मेवारी सम्हालेका पूर्व आधिकारीरु लगायतले निष्पक्ष र धाँधली रहित निर्वाचन सम्पन्न गर्ने विषयमा आ-आफ्नो सुझाव सहितको धारणा व्यक्त गरेका थिए ।

Leave a Reply