शिक्षक किताबखाना अगाडि बस्ने ट्याक्सीको मनोमानी भाडाले यात्रु हैरान

काठमाडौंको ताहचलमा रहेको शिक्षक किताबखाना अगाडि यात्रु कुरेर बस्ने ट्याक्सीले मनोमानी भाडा लिदा यात्रु हैरान देखिएका छन् । विशेषगरी काठमाडौं उपत्यका बाहिरबाट निबृत्त भएर पेन्सनपट्टा बनाउन आएका शिक्षक बढी मारमा पर्ने गरेको देखिएको छ । शिक्षक किताबखानाबाट पेन्सनपट्टा पाएपछि त्यसलाई लिएर कोष तथा लेखा नियन्त्रण कार्यालय टेकु जान धेरैलाई ट्याक्सी चढ्नु पर्ने बाध्यता रहने गरेको र त्यसको फाइदा उठाएर शिक्षक किताबखाना अगाडि यात्रु पर्खेर बस्ने ट्याक्सीले त्यहाँबाट कोष तथा लेखा नियन्त्रण कार्यालय , टेकु पुगेको प्रति व्यक्तिको भाडा रु.२०० लिने गरेको पाइयो । त्यो रुटमा टेम्पो चलेपनि ताहाचल हुदै टेकुतिर आउने टेम्पो भरिएर आउने भएकाले काठमाडौं उपत्यका बाहिरबाट आएका धेरै शिक्षकका लागि अर्को कार्यालय या सम्बन्धित रुटको सवारी साधन लाग्ने ठाउँसम्म पुग्न ट्याक्सी चढ्नै पर्ने बाध्यता देखिन्छ तर सम्बन्धित नियामक निकाय यो बारेमा बेखबर देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *